नियम २३क
सम्झौता गर्नु पर्ने

(१) धितोपत्र बजारले नियम २३ बमोजिम धितोपत्रको सूचिकरण गर्नु अघि धितोपत्र सूचीकरण गराउने संगठित संस्थासंग सम्झौता गर्नु पर्नेछ । त्यस्तो सम्झौतामा धितोपत्र कारोबार मूल्यका सम्बन्धमा प्रभाव पार्ने किसिमका सूचना वा जानकारी सम्बन्धित संगठित संस्थाले तुरुन्त धितोपत्र बजारलाई दिनुपर्ने र त्यस्तो सूचना वा जानकारी सम्बन्धित सबैले थाहा पाउने गरी सार्वजनिक गराउनु पर्ने तथा धितोपत्र बजार मार्फत हुने आफ्नो धितोपत्र कारोबारलाई नियमित र व्यवस्थित गर्ने गराउने कार्यमा सघाउने कुराको बचनबद्धता समेत प्रकट गरेको
हुनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सम्झौता गरी धितोपत्रको सूचीकरण गरिसकेपछि धितोपत्र बजारले सो कुराको जानकारी बोर्डलाई दिनु पर्नेछ र उक्त कुरा लगानीकर्ताको जानकारीको निमित्त पत्र–पत्रिकामा समेत प्रकाशित गर्नु पर्नेछ ।